image
image
महावीर पुनले रिसाएर मन्त्री पद राजिनामा दिएर जानुभएको हो : प्रधानमन्त्री कार्की

महावीर पुनले रिसाएर मन्त्री पद राजिनामा दिएर जानुभएको हो : प्रधानमन्त्री कार्की

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो क्याबिनेटबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन रिसाएर हिंडेको जानकारी गराएकी छिन् ।सोमबार राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले पुनले केही कानुन बनाउन भनेको र ती कानुन बनाउने कुरामा सहयोग गर्न नसक्दा पुन रिसाएर हिंडेको बताइन् ।

‘जहाँसम्म पुनजी (महाविर पुन) को कुरा छ, उहाँ त रिसाएरै जानुभएको हो । दुई चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर हामीले छोटो समयमा कानुन बनाएर सहयोग गर्न सकेनौं । अनेक परिस्थिति हुन्छ । सबै कुरा हुँदैन ।’यस्ता विषयलाई व्यक्तिको अधिकारको रुपमा लिन पनि प्रधानमन्त्री कार्कीले आग्रह गरिन् । पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।