image
image
बालेनको प्रचारमा सादा पोशाकका प्रहरी थिए भन्ने उजुरी परेपछि अनुसन्धान हुँदै

बालेनको प्रचारमा सादा पोशाकका प्रहरी थिए भन्ने उजुरी परेपछि अनुसन्धान हुँदै


काठमाडौं ।  झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहेका बालेन्द्र (बालेन) शाहको पक्षमा सादा पोशाकका प्रहरीले समेत मत मागेको भन्ने उजुरी परेपछि निर्वाचन आयोगले अनुसन्धान गर्न निर्देशन दिएको छ ।

२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार रहेका बालेनकी श्रीमती सविना काफ्लेले केही दिनअघि झापा–५ का मतदाताको घरदैलो गरेकी थिइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको टोलीले मतदाताहरूसँग बालेनका लागि मत मागेका थिए ।

सो टोलीमा सादा पोशाकामा प्रहरीसमेत खटिएको र उनीहरूले पनि मत मागेको उजुरी आयोगमा परेको हो । उजुरी कर्ताले आयोगमा सविना र टोलीका अन्य सदस्यले मत माग्दै गरेको श्रव्यदृष्य सामग्री आयोगमा बुझाएका छन् ।

निर्वाचन आयोगका अनुसार ‘सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री’ प्राप्त भएको छ । यसपछि आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई पत्र लेखेर बालेनको श्रीमती सविनासँग सादा पोशाकका प्रहरी खटिए–नखटिएकोबारे सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन तयार गर्न निर्देशन दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।