image
image
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग


काठमाडौं । निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ।आयोगले एक सूचनामार्फत् माघ २२ गते बिहान ८ बजेसम्म छपाइ भएका मतपत्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो।

आयोगले विभिन्न २५ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत सकिएको जनाएको छ। आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरिसकेको छ। आयोगले २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरेको छ। प्रत्यक्षतर्फ पनि त्यति नै मतपत्र छपाइ हुनेछ।

जनक शिक्षा सामग्री लिमिटेडले मतपत्र छपाइको कार्य गरिरहेको छ।आयोगका अनुसार दैनिक १० लाख हाराहारीमा मतपत्र छापिने गरेका छन्। आयोगले हालसम्म प्रत्यक्षतर्फको ७२ लाख ६० मतपत्र छापिएको जनाएको छ।

आयोगले १० लाख नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ। नमूना मतपत्रहरू मतदाता शिक्षा कार्यकमा प्रयोग हुन्छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।