image
image
बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने

बीमाका लागि १० अर्ब रुपैंयाँ, वार्षिक बजेटको परिधिभित्र रहेर काम गर्ने


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतमले सरकारले यो आर्थिक वर्षमा बीमाको लागि १० अर्ब रकम छुट्टाएको बताएकी छन् । शुक्रबार उनले नेपाल सरकारले बीमाको लागि यो आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको भन्दै वार्षिक बजेटको परिधिभित्र रहेर नै कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘मन्त्रीको जिम्मा लिएपछि तितामिठा सबै कुरा गर्नुपर्ने रहेछ । मिठा मिठा कुरा मैले सकाए, अर्को कुरा बीमाको पैसाको कुरा आउँछ । धेरै पैसा बाँकी छ । स्वास्थ्य मन्त्रालयले दिएको छैन् भन्ने कुरा आएको छ । तर सरकारले बीमालाई आर्थिक वर्षमा १० अर्ब रुपैयाँ छुट्टाएको हो । त्यो हाम्रो वार्षिक बजेट हो । वार्षिक बजेटको परिधिभित्र रहेर हामीले कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्योभन्दा बाहिर जान मिल्दैन् ।’

यस्तै, उनले बीमा बोर्डले स्रोत सहमती र सुनिश्चित नगरी रकम खर्च गर्दै २४ अर्बको वार्षिक दायित्व हुनेगरि काम गरिरहेकाले पैसा जनताको करबाट नै आएको बताइन् । उनले भनिन्, ‘बीमा बोर्डले स्रोत सहमति पनि नलिई, स्रोत सुनिश्चित पनि नगरि खर्च गर्दा दायित्व यति भयो कि २४ अर्बको वार्षिक दायित्व हुनेगरि खर्च भईरहेको छ । यसमा सरकारले पैसा कहाँबाट ल्याउँछ भन्ने प्रश्न उठेको हुनसक्छ । त्यो पैसा तपाई हाम्रै हो । विपन्न मान्छेले रगत पसिना गरेर कमाएको पैसाले तिरेको करले नेपाल सरकारले त्यो सेवा दिने हो । सरकार आफैले कुनै रुखबाट त रकम ल्याउदैँन् ।’

करबाट प्राप्त पैसाको सदुपयोग कसरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने ठाँउमा नेपालीहरु सरकारले दिन्छ भनेर ढुक्का भएर बसेको पनि उनको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।