image
image
आजदेखि घट्यो अण्डाको भाउ

आजदेखि घट्यो अण्डाको भाउ


काठमाडौं । आजदेखि अण्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब मार्फको समर्थन मूल्य ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५ रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाको ४ सय ५ रुपैयाँ तोकिएको थियो । माघ ११ गते ठूलो अण्डाको ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो ।

गएको मङ्सिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । त्यसबेला फार्ममा ठूलो अण्डा प्रतिक्रेटको ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।