होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । होटल फरेष्ट इनको आईपीओमा आवेदन दिने आज माघ २६ गते अन्तिम दिन रहेको छ ।कम्पनीले माघ २२ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । होटलले दोस्रो चरणमा सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३३ लाख २० हजार कित्ता आईपीओ खुला गरेको हो। होटलले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता र आफ्ना कर्मचारीका लागि ८० हजार कित्ता छुट्याएको छ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा २ लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।









