तामाकोशी नदीमा खस्यो बस, ६ जना घाइतेको उद्धार, यात्रुको संख्या यकिन हुन बाँकी
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली लागि छुटेको बस तामाकोशी नदीमा खसेको छ । दुर्घटनामा परेका ६ जना यात्रुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले बताए ।
रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३–०१–९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको टोली पनि उद्धारका लागि घटनास्थलतर्फ जाँदै गरेको छ ।









