image
image
कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता

कतार चेम्बर अफ कमर्सका प्रतिनिधि र राष्ट्र बैंकका गर्भनर पौडेलबीच भेटवार्ता


काठमाडौं । नेपाल–कतारबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कतार चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको व्यवसायी प्रतिनिधिमण्डल काठमाडौं आएको छ ।

प्रतिनिधिमण्डलको नेतृत्व बोर्ड सदस्य मोहद अहमद एम. ए अलोबैद्लीले गरेका छन् । प्रतिनिधिमण्डलले मंगलबार नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलसँग भेटघाट गरी दुई देशबीचको आर्थिक सम्बन्ध, बैंकिङ प्रणालीमा सहकार्य, लगानी प्रवद्र्धनका सम्भावना र द्विपक्षीय लगानी तथा बैंकिङ सहकार्यका विविध विषयमा विस्तृत छलफल गरेको छ ।

नेपाल–कतार बीचको व्यापारिक र लगानी साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यसहित नेपाल उद्योग वाणिज्य महासंघको निमन्त्रणामा प्रतिनिधिमण्डल काठमाडौँ आएको हो । महासंघका अध्यक्ष चन्द्र ढकालले सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै, छलफलले दुवै देशबीचको आर्थिक सहकार्यमा नयाँ अवसर थप्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।