image
image
तामाकोशी बस दुर्घटनाः  ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल

तामाकोशी बस दुर्घटनाः  ३ जना अझै बेपत्ता, खोजीमा सहयोग गर्न प्रहरीको अपिल


काठमाडौं । मन्थली नगरपालिका–६, बेनीघाटस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनाका तीन जना यात्रु अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले उनीहरुको फोटोसहित हुलिया जारी गरी खोजतलास जारी राखेको जनाउँदै सर्वसाधारण तथा सम्बन्धित निकायसँग खोजी कार्यमा सहयोग गर्न अपिल गरेको छ ।

पारिवारिक स्रोतका अनुसार बेपत्ता हुनेहरुमा मन्थली नगरपालिका–२, पिल्ले बस्ने मृतक तारा तामाङका करिब ९ वर्षीय छोरा क्रिशन तामाङ, लिखु तामाकोशी गाउँपालिका–७, तिल्पुङ बस्ने रमिता तामाङका ८ वर्षीय छोरा रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६, गुप्तेश्वर बस्ने २४ वर्षीय विशाल सुनुवार रहेका छन् । नदी क्षेत्रमा सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रुपमा खोजी कार्य जारी राखे पनि हालसम्म उनीहरु फेला नपरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब १०ः४० बजे दुर्घटना भएको थियो । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मन्थली नगरपालिका–६, बेनीघाटस्थित सडकबाट तामाकोशी नदीमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनापछि बसमा सवार चालकसहित २० जनालाई उद्धार गरी मन्थली अस्पताल पठाइएकोमा अस्पतालले १२ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।