image
image
साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो

साताको अन्तिम दिन नेप्सेमा हरियाली, कारोबार रकम ११ अर्ब नाघ्यो


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । साताको सुरुदेखि निरन्तर ओरालो लागेको बजार अन्तिम दिन भने सुधार देखिएको हो ।

बिहीबार नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स १.५१ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले उकालो लागेको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको बजारमा बिहीबार ३३७ स्टकको १ लाख ६ हजार १८ पटकको कारोबारमा ११ अर्ब १० करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य २८ रुपैयाँ ५० पैसा बढेर ३१३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भयो । त्यस्तै, रसुवागढी हाइड्रोपावरको शेयर मूल्य करिब १० प्रतिशतले उकालो लागेको छ भने खानी खोला हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

कालिञ्चोक दर्शनको शेयर मूल्य सर्वाधिक ७.५९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ७० करोड ५३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यसैगरी, एसवाई प्यानल नेपालको करिब ४३ करोड ५० लाख रुपैयाँ तथा रिडी पावरको करिब ४२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूह घटेका छन् । विकास बैंक उपसमूह सर्वाधिक १.१८ प्रतिशतले बढ्दा जलविद्युत उपसमूह करिब १ प्रतिशतले उकालो लागेको छ । अन्य उपसमूहहरूमा सामान्य वृद्धि देखिएको छ ।

यता, होटल तथा पर्यटन उपसमूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ । लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहमा पनि सामान्य गिरावट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।