image
image
राष्ट्र बैंकले पेन्सन कोषको ९ अर्ब ३५ करोड ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले पेन्सन कोषको ९ अर्ब ३५ करोड ब्याजमा लगानी गर्ने

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको ९ अर्ब ३५ करोड रूपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले एक वर्षअवधिका लागि इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपको रुपमा उक्त रकम राख्न चाहेको हो ।

बैंकले सोमबार एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको छ । सूचना अनुसार बैंकहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउसो १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

वाणिज्य बैंकका लागि ७ अर्ब ४८ करोड रूपैयाँ छुट्याएको छ भने विकास बैंकका लागि १ अर्ब ४० करोड २५ लाख रूपैयाँ र राष्ट्रिय स्तरका वित्त कम्पनीहरूलाई ४६ करोड ७५ लाख रूपैयाँ छुट्याएको छ । यस्तो निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाहरूको कूल निक्षेप लगानीको ८ प्रतिशतभन्दा बढी निष्कृय कर्जा ९एनपीएल० हुन नहुने बैंकको सर्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।