image
image
बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल

बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण : शंकर पोखरेल


काठमाडौं । नेकपा एमलेका महासचिव तथा पुर्वमन्त्री सङ्कर पोखरेलले बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको बताए ।पोखरेलले सामाजिक सञ्जालमार्फत सार्वभौम राष्ट्रको आन्तरिक राजनीतिक प्रक्रियामा बाह्य प्रभाव पार्ने कुनै पनि प्रयास अस्वीकार्य हुने अडान गरेका छन् ।

चुनावको महत्त्वपूर्ण तथा संवेदनशील घडीमा यस्ता सामाग्री सार्वजनिक हुनु संयोग या नियोजित हस्तक्षेप भएको भन्दै प्रश्न खडा गरेका छन् । पोखरेलले लेखेका छन्, ‘चुनावको मुखमा सार्वजनिक गरिएको बिबिसीको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन, यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो ।’ पोखरेलले लोकतन्त्रको रक्षा नेपाली जनताले आफैँले गर्नुपर्ने भन्दै नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।