image
image
दक्षिणी इरानमा इजरायली हमलाः ४० छात्राको मृत्यु

दक्षिणी इरानमा इजरायली हमलाः ४० छात्राको मृत्यु


काठमाडौं ।  इजरायलले शनिबार बिहान इरानको राजधानी तेहरानसहित धेरै सहरहरूमा हमला गरेको छ । इर्ना समाचार एजेन्सीका अनुसार हमलामा दक्षिणी इरानमा ४० जना छात्राको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । 

यसको जवाफमा इरानले पनि इजरायलमा जवाफी हमला सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार इरानले पलटवार गर्दै करिब ४०० मिसाइल प्रहार गरेको छ । इरानले इजरायलका साथै कुवेत, कतार, बहराइन र साउदी अरबमा रहेका अमेरिकी सैन्य अखडाहरूमा पनि हमला गरेको छ । इरानले यूएईको सबैभन्दा धेरै जनसंख्या भएको सहर दुबईलाई पनि निशाना बनाएको छ ।

खासमा इजरायलले इरानको खुफिया मन्त्रालय, रक्षा मन्त्रालय, सर्वोच्च नेता खामेनेईको कार्यालय र इरानको परमाणु ऊर्जा संगठनलाई निशाना बनाएको थियो । हमलापछि खामेनेईलाई सुरक्षित स्थानमा सारिएको छ ।

इजरायलले इरानविरुद्ध आफ्नो नयाँ अभियानको नाम ुलायन्स रोरु राखेको छ । अल जजिराले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाही भएको बताएको छ । 

यो हमला इरान र अमेरिकाबिच परमाणु हतियारको विषयमा चलिरहेको वार्ताको बिचमा भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हमला गर्ने धम्की दिएका थिए । उनले यो कारबाहीको उद्देश्य अमेरिका र उसका जनतालाई खतराबाट बचाउनु रहेको बताएका छन् । ट्रम्पका अनुसार अमेरिकी सेना इरानका मिसाइलहरूलाई नष्ट गर्न र त्यसको मिसाइल कार्यक्रम समाप्त गर्ने प्रयास गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।