सैन्य अड्डामा खस्यो इरानले हानेको क्षेप्यास्त्र कतारमा रहेको अमेरिकी
काठमाडौं । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको छ । कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।कतारको राजधानी दोहाको दक्षिण पश्चिममा अवस्थित अल–उदैद एयर बेस मध्यपूर्वस्थित अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो ।
कतारको रक्षा मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानबाट मंगलबार राति प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्रले कतारलाई निशाना बनाएको उल्लेख छ । तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ ।त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।
कतारी सशस्त्र बलसँग देशको सार्वभौमसत्ता र भू–भागको सुरक्षा सुनिश्चित गर्ने पूर्ण क्षमता रहेको र कुनै पनि बाह्य खतराप्रति कडा जवाफ दिन तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।









