image
image
पर्सा–२ का नेकपा उम्मेदवार चौधरी र सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव पक्राउ

पर्सा–२ का नेकपा उम्मेदवार चौधरी र सिराहा–३ का जसपा नेपालका उम्मेदवार यादव पक्राउ

 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका सिराहा–३ का उम्मेदवार अशेश्वर यादव र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पर्सा–२ का उम्मेदवार मनोज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । मौनअवधिका बेला शंकास्पद गतिविधि गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । जसपा नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार नेपाल–भारत सीमास्थित माडरबाट सिराहा सदरमुकामतर्फ आउँदै गरेको प्र। २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२स्३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा रोकेको थियो । जाँचका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएपछि उम्मेदवार यादवसहित पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

नेकपाका पर्सा २ का उम्मेदवार चौधरी नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रबाट पक्राउ परेका हुन् । चौधरी सवार गाडी रोकेर चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीसपी हरि बहादुर बस्नेतले जानकारी दिए ।गाडीमा केही शंकास्पद वस्तु पनि फेला परेको डिएसपी बस्नेतले जानकारी दिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।