image
image
चुनावमा सुनसान बन्यो काठमाडौं, साढे ७ लाख जना गृहजिल्ला गए

चुनावमा सुनसान बन्यो काठमाडौं, साढे ७ लाख जना गृहजिल्ला गए

काठमाडौं । फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट साढे ७ लाख जना बढी बाहिरिएका छन् । काठमाडौंमा रहेका मतदाता मतदान गर्न आफ्नै निर्वाचन क्षेत्रमा जानुपर्ने भएकाले उनीहरू गृहजिल्ला पुग्दा यहाँ भने सुनसान बनेको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण तत्कालीन केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । कार्कीले प्रतिनिधिसभा विघटन र निर्वाचनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । सोही सिफारिसअनुसार राष्ट्रपतिले निर्वाचनका लागि फागुन २१ को मिति घोषणा गरेका थिए ।


सरकारले पनि निर्वाचनको तयारी पूरा भइसकेको जनाएको छ । आज मध्यरातिदेखि भोलि मतदान सम्पन्न नहुन्जेलसम्म सार्वजनिक र निजी सवारी सञ्चालनमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।