image
image
इजरायल र अमेरिकाको हवाई आक्रमण जारी, इरानमा मृत्यु हुनेको संख्या १,००० नाघ्यो

इजरायल र अमेरिकाको हवाई आक्रमण जारी, इरानमा मृत्यु हुनेको संख्या १,००० नाघ्यो

काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणको पाँचौँ दिन इरानभरका सुरक्षा बलहरूलाई लक्षित गरी इजरायलले भीषण हवाई आक्रमण गरेको छ। यस आक्रमणमा परी मृत्यु हुनेको संख्या १,०४५ पुगेको छ। जवाफमा इरानले पनि प्रतिशोधात्मक आक्रमण सुरु गर्दै मध्यपूर्वका सैन्य र आर्थिक पूर्वाधारहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ।

इरानी समाचार एजेन्सी ुतस्निमुका अनुसार बुधबार इजरायलले राजधानी तेहरान, पवित्र सहर कोम, पश्चिमी इरान र इसफाहान प्रान्तमा बमबारी गरेको छ। यी आक्रमणहरूमा आवासीय भवनहरूमा समेत क्षति पुगेको बताइएको छ। इजरायलले विशेष गरी इरानको रिभोलुसनरी गार्ड्सअन्तर्गतको स्वयंसेवक बल बसिज र आन्तरिक सुरक्षा कमाण्डसँग सम्बन्धित भवनहरूलाई निशाना बनाएको दाबी गरेको छ।

इरानी नागरिकहरू यो युद्धको सबैभन्दा ठूलो मारमा परेका छन्। हालसम्म ६,००० भन्दा बढी मानिस घाइते भएका छन् भने ३०० भन्दा बढी बालबालिका र किशोरकिशोरीहरू अस्पताल भर्ना भएका छन्। संयुक्त राष्ट्र संघका अनुसार युद्धका कारण फेब्रुअरी २८ देखि मार्च १ को बिचमा मात्रै करिब १ लाख मानिसले तेहरान छोडेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।