image
image
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु

बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बस र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गोलन्जोर गाउँपालिका–२ बित्तिजोरका चन्द्र श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुई वर्षअघि नेपाली सेनाबाट पेन्सन लिएर अवकाश प्राप्त गरेका श्रेष्ठले धुराबजार क्षेत्रमा साबुन उद्योग सञ्चालन गर्दै आएका थिए ।

परिवारका अनुसार श्रेष्ठ आज मतदान गर्न गाउँ जाने क्रममा स्कुटरमा यात्रा गरी रहेका थिए । सोही क्रममा बसले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
प्रत्यक्षदर्शीका अनुसार बस गलत दिशाबाट आएर स्कुटरलाई ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि श्रेष्ठको शव हाल सिन्धुली अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।