image
image
रुकुम पूर्वमा उम्मेदवार  ‘प्रचण्ड’को जित सुनिश्चित

रुकुम पूर्वमा उम्मेदवार  ‘प्रचण्ड’को जित सुनिश्चित

काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को जित सुनिश्चित भएको छ । रुकुम पूर्वमा उम्मेदवार रहेका प्रचण्डले हालसम्म ८ हजार ७४७ मत प्राप्त गरेका छन् । रुकुमपूर्वमा हालसम्म १५ हजार ८२३ मत गणना भएको छ ।  यहाँ कुल १९ हजार १०६ मत खसेको थियो ।

प्रचण्डलाई पछ्याएका नेकपा एमाले उम्मेदवार लिलामणि गौतमले तीन हजार १७ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले २ हजार ४७७ मत ल्याएकी छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार लखनकुमार थापाले ७१२ मत ल्याउँदा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनले १८६ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।