image
image
आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ : अर्थमन्त्री खनाल

आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेको छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन हुन्छ वा हुँदैन भन्ने आशङ्काकाबीच निर्वाचन आयोगले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गरेकामा धन्यवाद दिँदै यसको सम्पूर्ण यश आयोगले पाउने बताएका छन ।

आज आयोगको कार्यालय बहादुर भवन पुगेर अर्थमन्त्री खनालले कुनै एक ठाउँमा पनि स्थगित नभई निर्वाचन सम्पन्न गरेकामा आयोगका पदाधिकारीलाई धन्यवाद दिएका छन । जेनजी पुस्ताको आन्दोलनपछि मुलुक अशान्त भएको अवस्थामा पनि आयोगले दृढ इच्छाशक्तिले काम गरेर निर्वाचन सम्पन्न भएको बताए ।

यसअघिको निर्वाचनका क्रममा ५१ स्थानमा स्थगित भई पुनः निर्वाचन भएको अर्थमन्त्री खनालले स्मरण गरे । कैदीबन्दी फरार रहेकाले शान्तिपूर्ण रूपमा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आशङ्काबीच आयोगले बनाएको कार्यतालिकामा कुनै पनि सम्झौता नगरी काम भएको उनले उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।