image
image
समानुपातिक मतगणनामा राप्रपाभन्दा श्रम संस्कृति पार्टी अगाडी

समानुपातिक मतगणनामा राप्रपाभन्दा श्रम संस्कृति पार्टी अगाडी



काठमाडौं ।  प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना ८० लाख नाघ्दा राप्रपा भन्दा श्रम संस्कृति पार्टी अघि देखिएको छ ।  निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार श्रम संस्कृति पार्टीले २ लाख ८० हजार ३४६ मत प्राप्त गरेको छ। 

यस्तै राप्रपा २ लाख ६९ हजार ८५९ मतका साथ छैटौँ स्थानमा झरेको छ। यसअघिको निर्वाचनमा राप्रपा राष्ट्रिय दल थियो भने श्रम संस्कति नयाँ दल हो । मुलुकभरको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा कायमै छ। रास्वपाले ३८ लाख ६६ हजार २० मत पाएको छ। 

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले १३ लाख १० हजार २३१ मत प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको नेकपा ९एमाले० ले ११ लाख १० हजार ६६१ मत बटुलेको छ। त्यस्तै, ५ लाख ७१ हजार ८५६ मतका साथ नेपाली कम्युनिष्ट पार्टी चौथो स्थानमा रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।