जोन्टा क्लब काठमाडौंको ‘येलो रोज डे २०२६’ सम्पन्न,
काठमाडौं, ८ मार्च — अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा Zonta Club of Kathmandu ले ‘येलो रोज डे २०२६’ कार्यक्रम आयोजना गर्दै महिला नेत्री, सामुदायिक अभियन्ता तथा युवा विद्वानहरूलाई सम्मान गरेको छ।
कार्यक्रममा नेपालका लागि श्रीलंकाकी महामहिम राजदुत रुवान्थी देल्पिटिया मुख्य अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले लैंगिक समानता र समावेशी विकासका लागि महिलाहरूले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।

क्लबकी अध्यक्ष बिना रानाले ‘येलो रोज डे’ समुदायलाई रूपान्तरण गरिरहेका महिलाहरूको नेतृत्व र शक्तिको उत्सव भएको बताउनुभयो।

पुरस्कार तथा छात्रवृत्ति
कार्यक्रममा विभिन्न क्षेत्रका उत्कृष्ट महिलाहरूलाई निम्न पुरस्कार तथा छात्रवृत्तिहरू प्रदान गरियोः
प्रिन्सेस हेलन शाह इन्स्पिरेसनल अवार्ड: रेणु अधिकारी राजभण्डारी
अमर राणा गेम चेन्जर अवार्ड: सिलसिला आचार्य
ज्योति छात्रवृत्ति:
Women in Business – डा. मनु कार्की
STEM – साधना पन्थी
इन्द्रकला छात्रवृत्ति:
Amelia Earhart Scholarship – लुबिना शर्मा
Young Women in Business Leadership – सुस्मिना थपलिया
राणा अम्बिका गुठी छात्रवृत्ति:
महेन्द्र भवन उच्च माध्यमिक विद्यालय
श्री सरस्वती मा.वि., घोराही, दाङ
श्री महेन्द्र मा.वि., धर्ना, दाङ
‘अनसङ हिरोज’ सम्मान






समुदायमा महत्वपूर्ण योगदान पुर्याएका महिलाहरूलाई Standard Chartered Bank Nepal Limited Unsung Heroes अन्तर्गत सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा माला खरेल, बालकुमारी गिरी, पूजा बस्नेत र कल्पना महर्जन रहेका छन्।



सहयोगीहरूको सम्मान
महिला सशक्तिकरण र लैंगिक समानताको अभियानमा साथ दिने निजी क्षेत्र, सञ्चारमाध्यम तथा विकास संस्थाका प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।विभिन्न क्षेत्रमा महिला सशक्तिकरण र लैंगिक समानतालाई अगाडि बढाउने जोन्टाको अभियानलाई निरन्तर साथ दिने निजी क्षेत्र, सञ्चारमाध्यम, विकास संस्था र सार्वजनिक निकायका महिला नेत्री तथा सहयोगीहरूलाई पनि विशेष सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा:
• बिशाखा लक्ष्मी खड्का, निर्देशक (कर्पोरेट कम्युनिकेसन्स एण्ड सस्टेनेबिलिटी), एनसेल
• अलिना राजभण्डारी, प्रमुख (कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ), स्ट्यान्डर्ड चार्टर्ड बैंक
• प्रनिसा श्रेष्ठ, मुख्य प्रबन्धक (लायबिलिटी एण्ड एडीसी), जीईएसआई इनिसियटिभ्स लिड
• डीएसपी पूर्णिमा चन्द, सातदोबाटो प्रहरी वृत्त
• आरती राणा, प्रमुख व्यवसाय अधिकृत
• प्रज्ञा शाह कार्की, युनिसेफ
• भावना शर्मा, सम्पादक, बिजमान्डु
• लक्ष्मी भण्डारी, सहायक वरिष्ठ उप-सम्पादक, नारी म्यागजिन, कान्तिपुर मिडिया ग्रुप
• अन्जु पौडेल, एभरेष्ट बैंक लिमिटेड

कार्यक्रमको शीर्ष साझेदार Standard Chartered Bank Nepal Limited रहेको थियो भने DishHome,IEC College Of Art and Fashion, Nimbus Bazzar,Ncell लगायत संस्थाहरूको सहयोग रहेको थियो। सञ्चार साझेदारका रूपमा The Himalayan Times र WOW म्यागजिन रहेका थिए।
‘येलो रोज डे’ विश्वभरका जोन्टा क्लबहरूले महिला र बालिकाहरूको अवस्था सुधारका लागि योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्न आयोजना गर्ने वार्षिक कार्यक्रम हो। कार्यक्रममा महेन्द्र भवन विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।
कार्यक्रम संयोजक इटा श्रेष्ठले सहभागी, प्रायोजक र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।










