image
image
फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ८६ हजार ४३३ कित्ता सेयर लिलामीमा राखेको हो ।

कम्पनीले सबैले किन्न पाउने गरी उक्त सेयर लिलामीमा राखेको हो । सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २८० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि र अधिकतममा १० अंकको गुणाङ्कमा वा सम्पूर्ण कित्ता दाबी गर्न सकिनेछ ।

सेयर खरीद गर्न इच्छुकले आफूले किन्न चाहेको सेयर संख्या र दर रेट समेत खुलाएर काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेड ९बिक्री प्रबन्धक० को कार्यालयमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र पनि सोही कार्यालयमा पाइँनेछ ।

बोलपत्र फागुन २६ गतेदेखि चैत १० गते दिउँसो ३ बजेभित्र पेश गरिसक्नु पर्नेछ । प्राप्त बोलपत्रहरू चैत ११ गते बिहान ११ बजे क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।