image
image
घट्यो सेयर बजारः कति भयो कारोबार ?

घट्यो सेयर बजारः कति भयो कारोबार ?

 
काठमाडौं ।  मंगलबार सेयर बजारमा साढे ७ महिनायताकै अधिक कारोबार भएको छ । यस दिन २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको हो ।यसअघि साउन ११ गते २६ अर्ब ५७ करोडको कारोबार भएको थियो । आजको कारोबार रकम त्यसयताकै उच्च हो । २०८१ भदौको अन्तिम दिन बजारमा २९ अर्ब ९५ करोडको कारोबार भएको रेकर्ड छ ।

चुनावपछि खुलेको बजारमा अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो । जसले गर्दा किनबेच गर्न चाहनेले पनि पाएका थिएनन् । अघिल्लो दिन जम्मा ५५ करोडको कारोबार भएको थियो ।

कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंक (१.११ प्रतिशत) घटेको छ । सो गिरावटसँगै नेप्से परिसूचक २८४३ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ प्रतिशत बढेर कारोबार स्थगित भएको थियो ।

बजारमा आज तीव्र उतारचढाव देखियो । कारोबार सुरु भएपछि नेप्से परिसूचक १२ः३५ बजे २७९६ अंकसम्म झरेको थियो । त्यसपछि सम्हालिएर अन्तिम समयसम्म कायम रह्यो । ७८ कम्पनीको मूल्य बढ्दा १७८ को घट्यो भने ५ को स्थिर रह्यो । निर्जीवन बीमा ०.४७ र जीवन बीमा ०.५१ प्रतिशत बढे । बैंकिङ १.२७, विकास बैंक १.१६, फाइनान्स २.०६, होटल तथा पर्यटन १.८५, जलविद्युत् १.४५, लगानी १.४८, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंक छन् । थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो । हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका पाँच कम्पनीमा ङादी ग्रुप, आँखुखोला जलविद्युत्, अपी पावर, रिडी पावर र शिवम् सिमेन्ट छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।