image
image
मध्यपूर्वमा जारी युद्धः अमेरिकाले मूल्य बढ्न नदिन भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने

मध्यपूर्वमा जारी युद्धः अमेरिकाले मूल्य बढ्न नदिन भण्डारबाट १७ करोड ब्यारेल तेल बजारमा पठाउने

 

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य तीव्र रूपमा बढेपछि अमेरिकाले आफ्नो पेट्रोलियम भण्डारणबाट तेल निकालेर बजारमा पठाउने भएको छ। अमेरिकाले आफ्नो तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकालेर बजारमा पठाउन लागेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

अमेरिकी ऊर्जा मन्त्रालयले अर्को सातादेखि यो प्रक्रिया सुरू हुने जनाएको छ। भण्डारण गरिएको तेल दैनिक केही परिमाणमा बजारमा पठाइने छ। यो प्रक्रिया कम्तिमा चार महिनासम्म चल्ने पनि ऊर्जा मन्त्रालयले जनाएको छ।

तेलको अभाव र मूल्य वृद्धिलाई सन्तुलनमा राखि बजारलाई स्थिर बनाउन अमेरिकाले पेट्रोलियम भण्डारणबाट बजारमा तेल पठाउन लागेको हो। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइईए)का ३२ राष्ट्रहरूले पनि आफ्नो भण्डारणबाट बजारमा तेल पठाउन सहमति गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

यद्यपि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने क्रम भने रोकिएको छैन। ब्रेन्ट कच्चा तेलको मूल्य बुधबार साँझ करिब प्रतिब्यारोल १०० डलर नजिक पुगेको थियो।  हप्ताको सुरूवातमा ब्रेन्ट कच्चा तेलको मूल्य ९० डलरभन्दा कम थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भण्डारण गरिएको तेल बजारमा पठाएर आपूर्ति बढाउने र मूल्यवृद्धि नियन्त्रणमा लिइने बताएका छन्।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।