image
image
रिलायन्स र मेट्रो ल्याबबीच ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता

रिलायन्स र मेट्रो ल्याबबीच ३० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता


काठमाडौं । रिलायन्स फाइनान्स लि. र मेट्रो ल्याबबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार मेट्रो ल्याब प्रा.लि.ले फाईनान्सका कर्मचारी तथा ग्राहकहरुलाई ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको छ । रिलायन्स फाईनान्सको प्रधान कार्यालय कमलादीमा भएको सम्झौता अनुसार मेट्रो ल्यावले प्रदान गर्ने Full body health package मा लाग्ने शुल्कमा १० प्रतिशत र अन्य ल्याव परिक्षणहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सहमतिपत्रमा फाईनान्सका प्रमुख कार्यकारी अधिकारी डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक शंकर देबकोटाले हस्ताक्षर गरेको हो ।

काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दे आएको ल्यावले रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटिएम कार्ड मार्फत भुक्तानी गर्दा कर्मचारीहरु तथा ग्राहकहरुले यि छुटहरु पाउने सम्झौतात्रमा उल्लेख छ ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले यसअघि चितवनको लर्डस् सिबिसि प्लाजा, मण्डला नोलिंङ्ग लर्डस् प्राईम काठमाण्डौं, डायमण्ड प्लालेस लर्डस् प्लाजा नेपालगञ्जसंग बिभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।