image
image
बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि

बढ्यो सेयर बजार, बैंकिङमा उच्च वृद्धि


काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २३.८७ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से परिसूचक २८२० अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन १३ अर्ब १८ करोडको कारोबार भएकोमा आज १४ अर्ब ५५ करोडको भयो ।

आज १७६ कम्पनीको मूल्य बढ्दा ७७ को घट्यो भने ९ को स्थिर रह्यो । आज बैंकिङ समूह नै सबैभन्दा धेरै बढ्यो सो समूह २.०२ प्रतिशत घट्यो । त्यस्तै विकास बैंक १.२८, फाइनान्स १.३०, हाइड्रोपावर १.१०, लगानी १.४, जीवन बीमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, माइक्रोफाइनान्स ०.२७ तथा व्यापार ०.१४ प्रतिशत बढे ।

निर्जीवन बीमा ०.०४, अन्य ०.७४ र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत घटे । चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन छन् । होटल फरेस्ट इन आजैबाट कारोबारमा आएको हो ।

त्यस्तै दरामखोला हाइड्रोपावरको ९.४६, हिमाल दोलखा हाइड्रोपावरको ७.१४ प्रतिशत मूल्य बढ्यो । त्रिशुली जलविद्युत्को मूल्य सबैभन्दा धेरै ३.१४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।