चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता थापाको निधन
काठमाडौं । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका थिए । उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।
थापाको उपचारका क्रममा निधन भएको हो । हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।









