image
image
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाएका छन्। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा बिहीबार चुनावी खर्च विवरण बुझाएका हुन्। उनले  चुनावमा २८ लाख ६८ हजार ८६८ रूपैयाँ खर्च गरेको आयोगमा बुझाएको विवरणमा उल्लेख छ।

जसअनुसार मनोनयन दर्तामा १० हजार, मतदाता नामावली खरिद ३ हजार, प्रचारप्रसार सामग्री खरिद २ लाख ९० हजार ५७५, यातायाता र मर्मत खर्च ६ लाख ६० हजार ९९८, चालक ज्याला १ लाख ४० हजार, होटल बास र खाना खर्च १३ लाख ७ हजार ६१९, डिजेल खर्च ३ लाख ६० हजार ४९९, स्टेशनरी २५ हजार ३०० र विविधमा ७० हजार ८७७ रूपैयाँ खर्च भएको उल्लेख छ।

पुन १४ हजार ९३१ मतान्तरले म्याग्दीमा विजयी भएका थिए। उनले २२ हजार ८५० मत प्राप्त गर्दा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए।  निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र उम्मेदवारहरूले आयोगमा खर्च विवरण बुझाउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।