image
image
छिमेकी देशहरूहरूलाई निशाना नबनाउन इरानलाई हमासको आग्रह

छिमेकी देशहरूहरूलाई निशाना नबनाउन इरानलाई हमासको आग्रह

काठमाडौं । प्यालेस्टिनी सशस्त्र समूह हमासले इरानलाई छिमेकी देशहरूहरूलाई निशाना नबनाउन आग्रह गरेको छ।शनिबार वक्तव्य जारी गरी हमासले छिमेकी देशहरूमा आक्रमण नगर्न आग्रह गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। इरानका दाजुभाइहरूलाई छिमेकी देशहरूलाई निशाना नबनाउन अनुरोध छ, वक्तव्यमा हमासले भनेको छ।

यद्यपि इरानलाई अमेरिका–इजरायलको आक्रमणको जबाफ दिने अधिकार भने रहेको हमासले बताएको छ। हमासले सबै देश तथा अन्तर्राष्ट्रिय संस्थाहरूलाई तत्काल युद्ध रोक्न पनि आह्वान गरेको छ।

फेब्रुअरी २८ मा इरानमा हमला भएपछि उसले मध्यपूर्वका अन्य देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्ष्य बनाएर हमला गरिरहेको छ। केही देशमा सार्वजनिक स्थानहरूमा पनि इरानबाट ड्रोन र मिसाइल प्रहार भएका छन्।

हमासले पहिलोपटक सार्वजनिक रूपमा इरानको नीतिबारे टिप्पणी गरेको हो। युद्धका क्रममा भने हमासले इरानसँग ऐक्यबद्धता जनाएको थियो। यद्यपि उसले अहिलेसम्म इसराइलमाथि आक्रमण गरेको वा गर्ने धम्की दिएको छैन।

इरान समर्थित हिजबुल्लाहले लेबननबाट इसराइलमा हमला गरिरहेको छ। उसले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या भएपछि बदला लिन इसराइलमा हमला गर्ने घोषणा गर्दै इरानलाई प्रत्यक्ष सहयोग गर्दै आइरहेको छ। यमनको हुथी लडाकू समूहले पनि इरानप्रति बलियो समर्थन रहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।