रास्वपाको सचिवालय बैठक भर्चुअल रूपमा बस्ने, फर्किए कार्यालय पुगेका नेताहरू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भर्चुअल रूपमा बस्ने भएको छ। केन्द्रीय कार्यालय चस्मति पुगेका नेताहरू पनि फर्किन थालेका छन्। उपसभापति डिपी अर्याल, प्रवक्ता मनिष झा, नेता सोबिता गौतमलगायत कार्यालय पुगेका थिए।
यसअघि रास्वपाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने तय थियो।सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएका कारण रास्वपा सचिवालय बैठक भर्चुअल रूपमा बस्न लागेको हो।कार्यालयमा पुगेका सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता मनिष झाले भर्चुअल रूपमा बैठक बस्ने जानकारी दिएका छन्।समानुपातिक सूचीमा नाम तय गरी निर्वाचन आयोगमा पठाउन सचिवालय बैठक बोलाइएको हो।









