image
image
सामाजिक सञ्जालमा अफवाह नफैलाउन यूएईमा रहेका नेपालीलाई दूतावासको आग्रह

सामाजिक सञ्जालमा अफवाह नफैलाउन यूएईमा रहेका नेपालीलाई दूतावासको आग्रह

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित सुरक्षा परिस्थिति ध्यानमा राख्दै त्यहाँ रहेका नेपाली समुदायलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन र असुरक्षा सम्बन्धी सामग्री पोस्ट नगर्न आग्रह गरेको छ ।

दूतावासले जारी गरेको ‘एडभाइजरी–३’ मा यूएईको वर्तमान परिस्थितिसँग सम्बन्धित संवेदनशील सूचना, भिडियो वा तस्वीरहरू सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट पोस्ट, प्रसारण वा सेयर नगर्न अनुरोध गरिएको छ ।

यस्तो गतिविधिले सुरक्षा परिस्थितिबारे भ्रम फैलिन सक्ने भन्दै नेपालीहरूलाई जिम्मेवार बन्न दूतावासले अपिल गरेको हो । यूएईमा बसोबास गर्ने सबैले त्यहाँको कानुन पालना गर्नुपर्ने भएकाले गैरकानुनी तथा अनुमतिविनाका गतिविधिमा संलग्न नहुन पनि सचेत गराइएको छ ।

यस्ता कार्यमा संलग्न पाइए यूएईको कानुन अनुसार १ देखि ३ वर्षसम्म कैद सजाय र १ लाखदेखि २ लाख दिरामसम्म जरिबाना हुन सक्ने उल्लेख गरिएको छ ।त्यस्तै मिसाइल वा ड्रोन अवरोध गर्दा जमिनमा खसेका अवशेष नजिक नजान, तस्वीर नखिच्न वा त्यसलाई सार्वजनिक नगर्न पनि दूतावासले आग्रह गरेको छ ।

दूतावासले यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्ड पूर्णपालना गर्न तथा सत्य र आधिकारिक जानकारीका लागि सम्बन्धित सरकारी निकायका आधिकारिक स्रोतहरू मात्र हेर्न नेपाली समुदायलाई सुझाव दिएको छ । साथै, अद्यावधिक जानकारीका लागि दूतावासको आधिकारिक फेसबुक पेज पनि नियमित हेर्न अनुरोध गरिएको छ ।

यूएईको परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, गृह मन्त्रालय, दुबई र अबुधाबी मिडिया कार्यालय तथा इमिरेट्स न्युज एजेन्सीबाट जारी हुने आधिकारिक सूचना मार्फतमात्र जानकारी लिन दूतावासले आग्रह गरेको छ । दूतावासले यूएईमा रहेका सबै नेपालीलाई सचेत, सुरक्षित र जिम्मेवार भएर बस्न अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।