image
image
आज सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

आज सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

 

काठमाडौं ।  सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

यस्तै चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । गत माघ १५ गते चाँदी हालसम्मकै उच्च प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको रेकर्ड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।