image
image
कारोबारसँगै घट्यो सेयर बजार

कारोबारसँगै घट्यो सेयर बजार

 

काठमाडौं । सोमबार सेयर बजार २६.०७ अंक घटेको छ । सो अंकको कमीपछि बजार परिसूचक नेप्से २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब ३५ करोडको कारोबार भएकोमा आज ११ अर्ब ९७ करोडमा खुम्चिएको छ ।

४८ कम्पनीको मूल्य बढ्दा २११ को घट्यो भने ४ को स्थिर रह्यो । उत्पादन तथा प्रशोधनबाहेक सबै समूहका सूचक घटेका छन् । सो समूहको सूचक ०.२५ प्रतिशत बढ्यो । बैंकिङ १.६१, विकास बैंक ०.८४, फाइनान्स ०.७१, होटल तथा पर्यटन ०.२६, लगानी १.५२, जीवन बीमा ०.९४, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा ०.४५, अन्य १.०९ तथा व्यापार समूह ०.२१ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै पिपुल्स हाइड्रोपावरको ६.५१, सिन्धु विकास बैंकको ६.३३, नेसनल हाइड्रोपावरको ५.३६ प्रतिशत मूल्य बढ्यो ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ४.१८ प्रतिशत घट्यो । ग्रिनलाइफ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपरहेवाखोला, एसवाई प्यानल र रिडी पावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।