image
image
आज पनि हावाहुरीको सम्भावना, सतर्क रहन विभागको आग्रह

आज पनि हावाहुरीको सम्भावना, सतर्क रहन विभागको आग्रह


काठमाडौं । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो ।

विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ । हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ र असिनासहित पानी परेको थियो । हिजो हावाहुरी पनि चलेको थियो ।

त्यसले केही क्षेत्रमा भौतिक र मानवीय क्षतिसमेत पुर्‍याएको छ । उदयपुरको कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमाथि हावाले रुख ढाल्दा वीरेन्द्र चौधरीको र कटारी–८ मा मिनामाया तामाङको मृत्यु भएको छ ।केही जिल्लाहरुमा बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।