image
image
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजि २.० को माग

काठमाडौं । जेनजि २.० ले कार्की आयोगद्वारा तयार पारिएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनले गृहमन्त्रीलाई पत्र लेख्दै उक्त प्रतिवेदन हालसम्म सार्वजनिक नभएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

पत्रमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउन गठन गरिएको आयोगको प्रतिवेदन जनसरोकारसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरिएको छ। जेनजि २.० का अनुसार प्रतिवेदन सार्वजनिक नगर्दा जनतामा आशंका, अन्योल तथा अविश्वास बढ्ने खतरा रहेको छ।

“लोकतान्त्रिक मूल्य–मान्यता अनुरूप यस्ता महत्वपूर्ण प्रतिवेदन समयमै सार्वजनिक गर्नु आवश्यक हुन्छ,” पत्रमा भनिएको छ।जेनजि २.० ले पारदर्शिता र जनउत्तरदायित्व सुनिश्चित गर्न कार्की आयोगको प्रतिवेदन ढिलाइ नगरी सार्वजनिक गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।