image
image
नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ । प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो । प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक÷एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ ।

त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ । वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ । तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ ।

थप समूहका लागि सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ । दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।