image
image
इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने

इजरायलले अब इरानी ऊर्जा संरचनामाथि आक्रमण नगर्ने

काठमाडौं ।  इजरायली  प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानका महत्त्वपूर्ण ऊर्जा संरचनामाथि थप आक्रमण नगर्ने बताएका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलन बोल्ने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यका आक्रमण रोक्न अनुरोध गरेको भन्दै आफूहरूले त्यसको पालना गर्ने उनले स्पष्ट बताएका हुन् ।

नेतन्याहूको यो भनाइ इजरायलले इरानसँग सम्बन्धित लक्ष्यहरूमा आक्रमण जारी राखिरहेका बेला आएको हो । नेतन्याहूले इजरायलले हालै इरानको दक्षिण पार्स ग्यास क्षेत्रसँग सम्बन्धित एक प्रशोधन केन्द्रमा इजरायल एक्लैले आक्रमण गरेको पनि पुष्टि गरे । उक्त क्षेत्र विश्वकै सबैभन्दा ठुलो प्राकृतिक ग्यास भण्डारमध्ये एक मानिन्छ ।

यो आक्रमणलाई युद्ध तीव्र पार्ने क्षणका रूपमा हेरिएको छ । यसअघि इजरायलले इरानका इन्धन भण्डारण स्थलहरूमा मात्र आक्रमण गरेको थियो, उत्पादन केन्द्रमा प्रत्यक्ष प्रहार गरेको थिएन ।

यस आक्रमणको प्रत्युत्तरमा इरानले पर्सियन खाडी क्षेत्रका छिमेकी देशहरूका ऊर्जा संरचनामा हमला गरेको थियो । विशेषगरी कतारको प्रमुख ऊर्जा केन्द्र रास लाफानमा ठुलो क्षति पुगेको कतारी पक्षले जनाएको छ ।  यस घटनापछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा मूल्य तीव्र रूपमा बढेको छ, र विश्लेषकहरूले दीर्घकालीन ग्यास अभावको जोखिमसमेत औँल्याएका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।