image
image
नयाँ सरकार गठनबारे छलफल सुरूः मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को ?

नयाँ सरकार गठनबारे छलफल सुरूः मन्त्रालय संख्या १५ देखि १८ मा सीमित गरिने, मन्त्री को–को ?

 

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई–तिहाइ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनबारे छलफल सुरू गरेको छ। चुनावअघि पार्टीले जारी गरेको वाचा पत्रअनुसार मन्त्रालय संख्या घटाउने गृहकार्यमा रास्वपा जुटेको छ। साथै, क–कसलाई मन्त्री बनाउने भन्नेबारे पनि पार्टीमा छलफल भइरहेको छ।

पार्टीका एक पदाधिकारीका अनुसार मन्त्रालय संख्या घटाएर १५ देखि १८ मा सीमित गर्ने तयारी छ। त्यस्तै, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले दुवैलाई मन्त्री बनाउने गरी छलफल पनि चलिरहेको छ। अर्याल गृहमन्त्री र वाग्ले अर्थमन्त्री बनाउने गरी छलफल भइरहेको ती पदाधिकारीले जानकारी दिए।

यसबाहेक महामन्त्री सुनिल लम्साल, प्रवक्ता मनिष झा, सांसदहरू शिशिर खनाल, सोबिता गौतम, राजुनाथ पाण्डे, सस्मित पोखरेल लगायतलाई पनि मन्त्री बनाउने विषयमा छलफल चलेको ती पदाधिकारी बताउँछन्।

सरकार गठनको तयारीका साथै प्रधानमन्त्रीको शपथका बेला विदेशी राष्ट्राध्यक्षहरूलाई निम्तो दिने गरी छलफल पनि भइरहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।

चैत १२ गते सांसदहरूलाई शपथ खुवाउने तयारी छ। त्यसको भोलिपल्ट रास्वपाका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने छन्।

सरकार गठन तयारी लगायत विभिन्न विषयमा बिहीबार साँझ पनि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।