image
image
इरानद्वारा इजरायलमा पुनः क्षेप्यास्त्र प्रहार, १०० बढी घाइते

इरानद्वारा इजरायलमा पुनः क्षेप्यास्त्र प्रहार, १०० बढी घाइते


काठमाडौं । इरानले इजरायलतर्फ पुनः क्षेप्यास्त्र प्रहार गरेको दाबी इजरायली रक्षा बल (IDF) ले गरेको छ।IDF का अनुसार केही समयअघि इरानबाट प्रक्षेपित क्षेप्यास्त्रहरूलाई नियन्त्रणमा लिन इजरायली रक्षा प्रणाली सक्रिय रूपमा परिचालन गरिएको छ। साथै, प्रभावित क्षेत्रका सर्वसाधारणलाई मोबाइल सन्देशमार्फत सुरक्षा सतर्कता जारी गरिएको जनाइएको छ।

“रक्षा प्रणालीहरूले खतरालाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिइएको छ,” IDF ले सामाजिक सञ्जालमार्फत जनाएको छ।IDF ले नागरिकलाई सतर्कता अपनाउन र आधिकारिक निर्देशनहरूको पालना गर्न आग्रह गर्दै चेतावनी नहटेसम्म सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।

यसैबीच, शनिबार दक्षिणी इजरायलका डिमोना र अराद क्षेत्रमा भएको क्षेप्यास्त्र आक्रमणमा १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।