आकाश खुलेसँगै वातावरणमा सुधार
काठमाडौं । शनिबार परेको वर्षापछि आकाश खुलेको छ । वायु प्रदूषण बढेकोमा वर्षापछि काठमाडौँ उपत्यकाको वातावरणमा सुधार देखिएको छ ।
काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा वर्षापछि आकाश खुलेसँगै वातावरणमा सुधार देखिएको हो। केही दिनयता काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरमध्ये एक थियो। त्योसँगै आकाश धुम्म समेत बनेको थियो।









