image
image
चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने

चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने


काठमाडौं । चैत १७ देखि सहकारीको अभिलेखीकरण बन्द हुने भएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सूचना जारी गर्दै बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण प्रक्रिया बन्द जनाएको हो । 

प्राधिकरणले ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ बमोजिम २०८२ मङ्सिर १० गतेदेखि सुरु भएको दर्ता अभिलेखीकरणको प्रक्रिया चैत १७ गतेसम्म मात्र रहने जनाएको छ । 

प्राधिकरणले सम्बन्धित सहकारी संस्थाहरूले तोकिएको समयावधिभित्रै निर्धारित दस्तुर बुझाएको बैंक भौचर र आवश्यक विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरिसक्नुपर्नेछ । 

यद्यपि, तोकिएको समय भित्र दस्तुर बुझाइसकेर पनि प्राविधिक वा अन्य कुनै कारणले पूर्ण विवरण प्रविष्ट गर्न बाँकी रहेका सहकारीहरूको हकमा भने प्राधिकरणले केही समय खुकुलो बनाएको छ । त्यस्ता संस्थाहरूले आगामी २०८३ वैशाख १७ गतेसम्म पूर्ण विवरण प्रविष्ट गरिसक्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।