चीनले नेपाललाई दियो ३ महिना पुग्ने गरी खाना पकाउने ग्यास
काठमाडौं । फागुन महिनामा नेपालमा पछिल्लो तीन महिनाकै सबैभन्दा धेरै एलपी ग्यास आयात भएको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागका अनुसार यस महिनामा ५१ हजार १९२ टन ग्यास भित्रिएको छ, जुन पुस र माघको तुलनामा उल्लेखनीय वृद्धि हो ।
यसअघि पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास आयात भएको थियो । सामान्यतया जाडोयाममा ग्यासको माग बढ्ने भए पनि यस वर्ष पुस र माघमा आयात अपेक्षाकृत कम देखिएको थियो ।
यद्यपि, आयात बढ्दो क्रममा रहे पनि उपभोक्ताले बजारमा ग्यास सहज रूपमा पाउन नसकेको गुनासो जारी छ । बढ्दो माग र आपूर्ति व्यवस्थापनको चुनौतीका कारण नेपाल आयल निगम ले फागुन २८ देखि आधा सिलिन्डर मात्र वितरण गर्ने नीति लागू गरेको छ ।
अन्तर्राष्ट्रिय आपूर्ति श्रृंखलामा देखिएको समस्या, विशेषगरी खाडी क्षेत्रमा बढ्दो तनाव, यसको एक प्रमुख कारण मानिएको छ । तथ्यांकअनुसार गत वर्षको फागुनको तुलनामा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको छ ।









