image
image
भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन

भ्रष्टाचार रोक्न सकेन भने रास्वपा पनि हराएर जान्छ : महावीर पुन


काठमाडौं । पूर्वशिक्षामन्त्री महावीर पुनले आगामी सरकारले पहिलो दिनदेखि नै नियमअनुसार भ्रष्टाचारीहरूलाई कडा कारबाही गर्दै उनीहरूलाई पुनः उठ्न नसक्ने गरी उजागर गर्नुपर्ने बताएका छन्। सरकारले भ्रष्टाचार रोक्न नसके जनतालाई ठूलो धोका हुने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि कालान्तरमा हराएर जाने पूर्वमन्त्री पुनको टिप्पणी छ ।

उनले लेखेका छन्,म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुनले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भ्रष्टाचारीहरूलाई कारबाही गर्दा नियम बाधक बने तत्काल नयाँ नियम बनाउनु पर्ने पनि बताएका छन् ।

 ‘अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम पुर्‍याएर कहिल्यै उठ्न नसक्ने गरी नंग्याउनु पर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ । तीन महिनाभित्र जनताले सुशासनको अनुभुति गर्न सकुन्,’ उनले भनेका छन्, ‘भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।