image
image
इरानले भन्यो – ‘गैर–शत्रुजहाजलाई मात्र स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अनुमति दिइएको छ’

इरानले भन्यो – ‘गैर–शत्रुजहाजलाई मात्र स्ट्रेट अफ होर्मुज प्रयोग गर्न अनुमति दिइएको छ’


काठमाडौं । विश्वको तेल आपूर्तिका लागि लाइफलाइन मानिने स्ट्रेट अफ होर्मुजबारे इरानले संयुक्त राष्ट्रसंघमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। इरानले संयुक्त राष्ट्र सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) लाई एक पत्र लेख्दै ‘गै–(शत्रु’ जहाजहरूले समन्वय गरेर मात्र यो जलमार्ग प्रयोग गर्न पाउने सर्त राखेको छ।

इरानको विदेश मन्त्रालयले पठाएको उक्त पत्रमा स्पष्ट रूपमा भनिएको छ, इरानको सुरक्षा नियमहरू पूर्ण पालना गर्ने र इरान विरुद्धको सैन्य कारबाहीमा संलग्न नहुने जहाजहरूले मात्र यो बाटो प्रयोग गर्न पाउनेछन्। तर, अमेरिका र इजरायलसँग सम्बन्धित कुनै पनि जहाज, उपकरण वा सम्पत्तिलाई भने यो जलमार्गमा शान्तिपूर्ण प्रवेशको अनुमति नहुने इरानले चेतावनी दिएको छ।

अमेरिका–इजरायल र इरानबिच जारी युद्धका कारण स्ट्रेट अफ होर्मुज भएर हुने विश्वको झण्डै २० प्रतिशत तेल र प्राकृतिक ग्यासको ढुवानी लगभग ठप्प भएको छ। यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा इन्धनको अभाव र मूल्य वृद्धि भइरहेको छ।

इरानले आफ्ना शत्रु राष्ट्रहरूलाई यो जलमार्ग प्रयोग गरेर आक्रमणका लागि सैन्य अपरेसन अघि बढाउन नदिन यस्तो कडा कदम चालेको दाबी गरेको छ। लन्डनस्थित अन्तर्राष्ट्रिय सामुद्रिक एजेन्सीका १७६ सदस्य राष्ट्रहरूमाझ मंगलबार सर्कुलर गरिएको उक्त पत्रमा इरानले आवश्यक कदम चाल्न आफू तयार रहेको उल्लेख गरेको छ।यसले गर्दा स्ट्रेट अफ होर्मुजबाट हुने व्यापारिक ढुवानी अब इरानी अधिकारीहरूको प्रत्यक्ष समन्वय र अनुमतिमा मात्र सम्भव हुने देखिएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।