image
image
आजदेखि ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा सुरु

आजदेखि ऐतिहासिक सेतो मच्छिन्द्रनाथ जात्रा सुरु


काठमाडौं ।  ऐतिहासिक सेतो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरू हुँदै छ । हरेक वर्ष चैत शुक्ल अष्टमीको दिनदेखि यो रथयात्रा सुरु हुन्छ । तीनधारा पाठशालाबाट सुरु हुने रथजात्रा ती दिनपछि लगन पुगेर सम्पन्न हुन्छ ।

चैत्र शुक्ल प्रतिपदाका दिनदेखि दरबारमार्गस्थित तीनधारा पाठशालामा ३२ हात अग्लो नौ तले रथ बनाउन सुरु गरिन्छ । काठ, बेत र डोरीका सहायताले रथ बनाइन्छ ।

यो रथमा चैते दशैंका दिन सेतो मच्छिन्द्रनाथको मूलदेवता विराजमान गराएपछि जात्रा सुरु हुने परम्परा छ । केल टोलको मच्छिन्द्र बहालको मन्दिरमा रहेको लोकेश्वरको मूर्तिलाई केल टोल, इन्द्रचोक, बाङ्गेमुढा, असन कमलाक्षी हुँदै जमलको तीनधारा पाठशालामा ल्याइ रथमा विराजमान गराइन्छ । त्यसपछि रथ तान्न सुरु हुन्छ ।

शताब्दीयौँ पुरानो यो जात्रा धार्मिक आस्थासँगै मौलिक सीप, परम्परागत प्रविधि र सामुदायिक सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा परिचित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।