image
image
कुमारी बैंकले ल्यायो मास्टर कार्ड सेवा सञ्चालनमा

कुमारी बैंकले ल्यायो मास्टर कार्ड सेवा सञ्चालनमा

काठमाडौं ।  कुमारी बैंकले मास्टर कार्ड सेवा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा विस्तार गरेको घोषणा गरेको छ। बैंकले ग्राहकका लागि बिहीबारबाट डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बैंकले सुरु गरेको मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।

यसैगरी कार्यक्रममा बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकारले मास्टर कार्डको महत्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे जानकारी दिए।

बैंकले जारी गरेको डेबिट मास्टर कार्ड नेपाल, भारत र भुटानका सबै एटीएम र पीओएसमा प्रयोग गर्न सकिने छ। मास्टर कार्डको क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।