image
image
आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध

 

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ ।

प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुरूप यो कदम चालिएको हो ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो निर्णयले सम्पूर्ण सरकारी निकाय तथा सरोकारवाला पक्षहरूलाई समेत सकारात्मक सन्देश दिने विश्वास लिइएको मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले आगामी दिनमा यसको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य अपेक्षा गरिएको बताएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।