image
image
एशियन ब्रिज इन्टरनेशनल स्कुलको पहिलो वार्षिक उत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

एशियन ब्रिज इन्टरनेशनल स्कुलको पहिलो वार्षिक उत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न

टोकियो, जापान ।  किता-कुस्थित हाकुटोपिया बिल्डिङ, ओजीमा रहेको एशियन ब्रिज इन्टरनेशनल स्कुलले आफ्नो स्थापना पश्चात् पहिलो वर्ष पूरा गरेको अवसरमा वार्षिक उत्सव तथा यूकेजी दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका अध्यक्ष डा. बालाराम श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा जापानका लागि नेपालका राजदूत हरिहर कान्त पौडेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रमको औपचारिक सत्र उप-प्रधानाध्यापक नारायण कट्टेलको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उहाँले विद्यालयको एक वर्षे उपलब्धि, भावी योजना तथा नेपाल–जापानबीच शैक्षिक सेतुको रूपमा विद्यालयले खेलिरहेको भूमिकाबारे प्रकाश पार्नुभयो।गत वर्ष स्थापना भएको यस विद्यालयले छोटो अवधिमै उल्लेखनीय शैक्षिक प्रगति गर्दै सफलताको महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। कार्यक्रमको सुरुवात जापानका न्याय मन्त्री हिरासी हिरागुचीबाट प्राप्त बधाई सन्देशबाट गरिएको थियो, जसले विद्यालयको उपलब्धिप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभयो।

 

कार्यक्रममा ४० भन्दा बढी जापानी प्रतिष्ठित व्यक्तित्व तथा विभिन्न क्षेत्रका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो। यसले विद्यालय र जापानी समुदायबीचको सुदृढ सम्बन्ध तथा आपसी विश्वासलाई झल्काउनुका साथै नेपाल–जापानबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ।

सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूले नेपाली तथा अन्तर्राष्ट्रिय गीत, नृत्य र फेसन शो प्रस्तुत गरी दर्शकहरूको मन जितेका थिए। साथै, खेलकुद, सिर्जनात्मक प्रस्तुति र प्रतिभा प्रदर्शनसम्बन्धी कार्यक्रमहरू पनि समावेश गरिएका थिए। यूकेजीका विद्यार्थीहरूको दीक्षान्त समारोह विशेष आकर्षणका रूपमा सम्पन्न भयो, जहाँ साना विद्यार्थीहरूले आफ्नो शैक्षिक यात्राको पहिलो महत्वपूर्ण चरण सफलतापूर्वक पूरा गरेको उत्सव मनाए।

कार्यक्रममा उत्कृष्ट शैक्षिक उपलब्धि, अनुशासन, नेतृत्व क्षमता तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। साथै, विद्यालयप्रति निरन्तर सहयोग पुर्‍याउने अभिभावकहरूलाई पनि सम्मान गरिएको थियो।उक्त अवसरमा टोकियो महानगर सभा सदस्यहरू कामाजाकी मिकी र काई मारिको, अकाफुजिदाइको जापानीको अध्यक्ष डा. हिरोमी इसिओका, एनपिओ चेरी ब्लसम एसोसिएसन जापानका अध्यक्ष हिरोबुमी मात्सुजावा, ग्लोबल काराभान कम्पनीकी अध्यक्ष सोमेया नोरिको, सोवा होकेन सेन्टर कम्पनीकी अध्यक्ष ओनो काजुए तथा एत्सुओ हिरासावा श्रेष्ठ लगायतका विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो। उनीहरूले विद्यालयको प्रगतिप्रति प्रशंसा व्यक्त गर्दै शुभकामना मन्तव्य दिएका थिए।

 

त्यसैगरी, गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष सुभाष लामिछाने, एभरेस्ट इन्टरनेशनल स्कुल जापानका अध्यक्ष किरण थापा, पत्रकार महासंघ जापानका अध्यक्ष रबिन्द्र श्रेष्ठ, पर्वत समाजका अध्यक्ष राम बास्तोला लगायतले पनि शुभकामना व्यक्त गरेका थिए। यामानाशी प्रिफेक्चरको होकुटो सिटीका मेयर कुनिहिको ओशिबाबाट प्राप्त सन्देश पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो।

 

करिब २५० भन्दा बढी अभिभावक, विद्यार्थी तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रम सुव्यवस्थित, आकर्षक तथा भावनात्मक रूपमा सम्पन्न भएको र बालबालिकाहरूको प्रस्तुति अत्यन्त उत्कृष्ट रहेको बताइएको छ। विद्यालयले नेपाली भाषा, मौलिकता र संस्कृतिसँग विद्यार्थीहरूलाई जोड्दै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ। विशेषगरी विदेशमा रहेका नेपाली बालबालिकाहरूलाई आफ्नो जरा र पहिचानसँग जोड्दै उनीहरूमा संस्कार र विश्वस्तरीय क्षमता विकास गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई प्रभावकारी माध्यमका रूपमा अघि बढाइएको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयले आगामी दिनहरूमा पनि यस्तै शैक्षिक, सांस्कृतिक तथा सामाजिक कार्यक्रममार्फत विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।