image
image
बढ्यो सेयर बजार, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि

बढ्यो सेयर बजार, ६ कम्पनीमा १० प्रतिशतको वृद्धि

 

 काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ : ०६ बजे नेप्से परिसूचक २७८९ अंकसम्म झरेको थियो, जुन अंक कारोबार अवधिभरको न्यूनतम विन्दु रह्यो ।

आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन १२ अर्ब ९६ करोडको कारोबार भएकोमा आज ११ अर्ब ११ करोडको भयो । १९५ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ९ को स्थिर रह्यो ।

बजारका धेरैजसो समूहगत सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.९४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।

६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।

सप्तकोशी विकास बैंकको मूल्य सबैभन्दा धेरै ८.९६ प्रतिशत घट्यो । रिडी पावरको ३.२१ तथा धौलागिरि लघुवित्तको मूल्य २.८० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल र कुमारी बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।